भारतको कोरोना संक्रमितको संख्या ५६ हजार भन्दा धेरै, १७ सय भन्दा धेरैको मृत्यु

डिसी नेपाल
२६ वैशाख २०७७ ८:०८

नयाँ दिल्ली। भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३५१ पुगेको छ। बिहीबार महाराष्ट्रमा १२१६, गुजरातमा ३८८, तमिलनाडूमा ५८०, पंजाबमा ११८, राजस्थानमा ११०, मध्यप्रदेशमा ११४, उत्तर प्रदेशमा ७३ समेत गरी ३३४४ नयाँ संक्रमित थपिएका हुन्।

दिल्लीमा एकै दिनमा ४४८ संक्रमित बढेका छन्। तीमध्ये ३७ जनाआईटीबीपीका जवान रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। अहिलेसम्म कुल ८२ आईटीबीपीका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ५६ हजार ३५१ संक्रमित छन्। ३५ हजार ९०२ जनाको उपचार जारी रहेको छ। १५ हजार २०६६ उपचारपछि निको भएका छन्। अहिलेसम्म १ हजार ७ सय ८३ जनाको मृत्यु भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *