प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, अर्को बैठक २८ गते बस्ने
फाइल तस्वीर
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेपाली जनता दलबाट समानुपातिक तर्फबाट निर्वाचित सदस्य विश्वनाथप्रसाद अग्रवालको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य शिवनारायण उराँवको असामयिक निधन भएकामा पनि दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेर शोक प्रस्ताव पारित गरेको छ । सदनसमक्ष दुवै प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए ।
तत्कालीन संविधानसभासदस्यद्वय अग्रवाल र उराँवको क्रमशः गत फागुन ३० र यही वैशाख १ गते निधन भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २८ गते बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment