लिपुलेकमा भारतको मनपरी, सरकार अनविज्ञ
काठमाडौं । नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी बाटो खोलेको छ । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि एकतर्फी बाटो खोलेको हो ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो सन्देशमार्फत उक्त सडकको उद्घाटन समेत गरेका छन् । भारतीय सेना प्रमुखको उपस्थितिमा रक्षामन्त्री सिंहले उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी हुँदै लिपुलेक पुग्ने सडक मार्गका निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई ट्वीट गर्दै धन्यवादसमेत दिएका छन् ।
Delighted to inaugurate the Link Road to Mansarovar Yatra today. The BRO achieved road connectivity from Dharchula to Lipulekh (China Border) known as Kailash-Mansarovar Yatra Route. Also flagged off a convoy of vehicles from Pithoragarh to Gunji through video conferencing. pic.twitter.com/S8yNeansJW
— Rajnath Singh (@rajnathsingh) May 8, 2020
गत वर्ष भारतले एकतर्फी राजनीतिक नक्सा जारी गर्दै नेपालको उक्त भूमि आफ्नो तर्फ पारेको थियो । त्यसबेला चौतर्फी दबाव भएपछि सरकारले कुटनीतिक माध्यामबाट समस्या सुल्झाउने भने पनि अहिलेसम्म कुनै पनि वार्ता हुनसकेका छैनन् ।
सन २०१५मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे चीनको भ्रमणमा रहेकाबेला चिनियाँ राष्ट्रपति सि चिनफिङसंग दुई देशले लिपुलेकलाई भारत र चीनको व्यापरिक नाकाका रुपमा प्रयोग गर्ने भनि सम्झौता गरेका थिए ।
भारतले यसरी नेपाली भूमि मिचेर एकतर्फी निर्णय गरी बाटो खोल्दा पनि नेपाल सरकारको तर्फबाट कुनै औपचारिक तथा अनौपचारिक निर्णय आउन सकेको छैन । परराष्ट्र मन्त्रालयका सूचना अधिकारी उपसचिव सुरेस अधिकारीले डिसीनेपालसँग कुरा गर्दै यो विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।







डिसी नेपाल








Facebook Comment