काठमाडौंमा नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला जलाइयो
काठमाडौ । प्रधानमन्त्री केपी शार्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।
अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिकोद्वारा काठमाडौंको कलंकी चोकमा प्रधानमन्त्रीद्वयको पुत्ला जलाइएको हो । भारतले नेपालको क्षेत्रमा मानसरोवर सम्म पुग्ने मोटरबाटो खुलाए पछि लकडाउनकाबीच पनि विरोध सुरु भएको छ ।
भारतले नेपाली भूमीमा पर्ने गरी बाटो बनाएकोले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौंका अध्यक्ष गोबिन्द विष्ट बताए ।
नेपालका प्रधानमन्त्रीको किन जलाउनु भयो भन्ने डिसी नेपालको जिज्ञासामा विष्टले भने, ‘भारतीय विस्तारवाद र साम्राज्यवादलाई नेपालमा चलखेल गर्ने वातावारण नेपाल सरकारले नै बनाएको हाम्रो ठहर छ। आज मात्र सामाजिक दुरी कायम गरी भारतीय विस्तारवादको विरोध गरिरहेका पूर्व जर्नेल सहित विद्यार्थीलाई समेत प्रहरीले पक्राउ गर्नु भनेको सरकारले भारतले गरेको ठीक छ भन्नु हो। हामीलाई देशको स्वाधिनतामाथिको प्राहर शैह्य हुँदैन्। त्यसैले पधानमन्त्री ओलीको पनि पुत्ला जलाएका हौं।’
यसअघि, भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि एकतर्फी सडकबाटोको उद्घाटन गरेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment