निकुञ्जमा चोरीशिकार नियन्त्रण प्रभावकारी

डिसी नेपाल
२८ वैशाख २०७७ १२:०८

धम्बोझी । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीशिकार नियन्त्रण प्रभावकारी भएको छ।

चोरीशिकार नियन्त्रणका क्रममा निकुञ्जमा चोरी शिकारमा संलग्न रहेको अभियोगमा ५३ जना पक्राउ परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

यस्तै निकुन्ज क्षेत्रमा अवैध कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ३३ जनालाई जरिवाना गरेर छाडिएको र अन्य २० जना हिरासतमा रहेको जनाइएको छ।

निकुञ्जमा आव २०७६.७७ मा विभिन्न घटनामा परी वन्यजन्तु २० मरेको र ५३ को उद्धार गरिएको निकुञ्जका रेञ्जर पुष्पदीप श्रेष्ठले बताए।

उनका अनुसार निकुञ्जको डिजिटल नक्शाङ्कन, सामुदायिक वन र मानववन्यजन्तु द्वन्द्वसम्बन्धी तथ्याङ्क संकलन, २४ घण्टा गस्ती, एलआरपी जस्ता अपरेशनलगायत महत्वपूर्ण काम भइरहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *