जर्मन कपको फाइनल ४ जुलाईमा हुने
काठमाडौं । जर्मन कप फुटबल प्रतियोगिताको फाइनल ४ जुलाईमा खाली स्टेडियममा हुने भएको छ। यस अगाडी यो खेल २३ मे मा हुने तय भएको थियो। जर्मन फुटबल संघ (डीएफबी) ले सेमीफाइनल जून ९ र १० मा आयोजना हुने बताएको छ। पहिलो सेमिफाईनल डिफेन्डि च्याम्पियन बायर्न म्यूनिखले घरेलु मैदानमा इन्टेक्ट फ्रान्कफर्टसँग खेल्नेछ भने अर्को सेमिफाईनल बायर लेभरकुसेनले सार्ब्रुसकेन बिच हुनेछ।
डीएफबीका अध्यक्ष फ्रिट्ज केलरले भने, एन्जेला मर्कले सरकार संग म्याच तालिका स्वीकृत लिन बाकि रहेको छ । साथै बुन्देशलिगा शनिवार बाट शुरू हुदैछ। कोरोना भाइरस महामारीको समयमा आयोजना हुने यो पहिलो शीर्ष यूरोपीयन लिग हो। जर्मनीमा हालसम्म कोरोना माहामारीको कारण ७ हजार ५ सय मानिसले ज्यान गुमाईसकेका छन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment