जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
३० वैशाख २०७७ १७:४५

सिन्धुली । कमलामाई नगरपालिका–८ डुमरियास्थित सडकमा मे.१ ज १५४३ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बसतपुर बस्ने पैदलयात्री५२ वर्षीय रणवहादुर सुनुवारको मृत्यु भएको छ ।

मंगलबार बिहान उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका रण बहादुरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो । गाडी र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.