बर्दियाकी कोरोना सङ्क्रमित बालिका खजुरा अस्पतालमा

डिसी नेपाल
३० वैशाख २०७७ २१:००
4
Shares

राँझा । बर्दियाको राजापुर नगरपालिकामा आज कोरोना सङ्क्रमण देखिएकी एक बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उनले बताए। खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *