नांगो तस्वीर प्रकाशित भएपछि गायिका लक्ष्मी आचार्यलाई गालीको ओइरो
काठमाडौं । शुक्रबारको नामको साप्ताहिक पत्रिकाको कभर पेजमा नांगो तस्वीर प्रकाशित भएपछि सामाजिक सञ्जालमा गायक तथा मोडल लक्ष्मी आचार्यको निकै आलोचना भएको छ।
गएको शुक्रबारको अंकमा लक्ष्मीको तस्वीर कभर पेजमा छापिएको थियो। उनको तस्वीर नेपाली संस्कृति र वर्तमान अवस्थामा समाजले स्वीकार गर्न नसकिने किसिमको थियो।
यो तस्वीर प्रकाशित भएपछि लक्ष्मीले भने त्यसको दोष पत्रिकालाई दिएकी छन्। उनले आफ्नो अनुमति नलिएर फोटोशप गरेर तस्वीर प्रकाशित गरेको स्पष्टिकरण दिएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमाफर्त स्पष्टिकरण दिए पनि फेसबुक प्रयोगकर्ताले भने उनको निकै आलोचना गरेका छन्।
एक जना गिरिस रिजाल समिप नाम गरेका फेसबुक यूजरलले लक्ष्मीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आफू तयार नभइ त क्यामेरा ले कैद गरेन होला अनि तिमिले अनुमति नलि साप्ताहिक ले छापेन होला नि।’
यस्तै अर्का फेसबुक यूजर जिपी भट्टराईले लेखेका छन्, ‘थुक्क कलंक आइमाई। तँलाई जन्माएकोमा तेरी आमालाई कति पश्चाताप भएको होला।’
सामाजिक सञ्जालमा निकै आलोचना भएपछि लक्ष्मीले त्यसको जवाफसमेत दिएकी छन्।
उनले फेसबुकमा जवाफ दिएकी छन्, ‘मलाई त्यो आकाश बन्न मन छ… जसलाइ माथी हेरेर त थुक्छन…तर छिटा उनिहरुकै मुहारमा पर्छ।’
शुक्रबारमा छापिएको उनको तस्वीर यस्तो थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment