बलिउड प्रवेशदेखि डान्स प्रस्तुतीसम्म, सनी लियोनीको जीवनका ५ ठूला विवाद

डिसी नेपाल
३१ वैशाख २०७७ ९:४०

मुम्बइ। बलिउडकी बेबी डल अर्थात सनी लियोनीको करिअरमा एक समय यस्तो पनि थियो जब उनी भारतबाट गुगलमा सबैभन्दा धेरै खोजिएकी सेलिब्रेटी बनेकी थिइन् । सनीले बलिउडका कैयौं फिल्ममा लिड अभिनेत्रीको रुपमा काम गरेकी छिन् । यद्यपि लिड अभिनेत्रीको रुपमा उनी सफल भने भइनन् । पोर्नस्टारबाट सिल्भरस्क्रिन अभिनेत्री बनेकी सनी आइटम नम्बरमा भने सधैं सफल रहिन् । आज १३ मेका दिन उनको जन्मदिन हो । उनको करिअरका ५ ठूला विवादहरु यस्ता थिए –

१. बलिउड प्रवेश

सनी बलिउड प्रवेश गर्नुभन्दा पहिल्यै चर्चित थियन् । एक पोर्नस्टारको रुपमा उनको स्थापित परिचय थियो । त्यसैले फिल्ममा कुनै पनि बोल्ड सिन उनले राम्रोसँग निभाइन् । हिन्दी फिल्ममा उनले सफलता पाउन थालेपछि कैयौं अभिनेत्री र फिल्म निर्माताहरुले उनलाई हिन्दी फिल्ममा ल्याउने कामको विरोध गरे । धेरै मानिसहरुले एक पोर्नस्टारलाई अभिनयको क्षेत्रमा किन ल्याइयो भनेर विरोध गरेका थिए ।

२. मानिसहरुले आत्महत्याको धम्की दिए

बैंगलोरमा न्यू इयर इभमा आयोजित हुन लागेको एक कार्यक्रममा सनी लियोनी लाइभ प्रस्तुती दिन जाँदै थिइन् । केही संगठनहरुले यसको विरोध गरे र यसलाई अनैतिक भने । कैयौं मानिसहरु मान्यता टेक पार्कमा सनीको प्रस्तुतीको विरोधमा धनाृमा बसे । मानिसहरुले पोस्टर जलाए र यसलाई कर्नाटकको संस्कृतिको विरुद्ध भने । मानिसहल्े यति हुँदाहुँदै सनीले प्रस्तुती दिएमा उनीहरुले सामूहिक आत्महत्याको धम्की दिएका थिए ।

३. पोर्न फिल्ममा काम मात्र होइन निर्देशन पनि गरिन्

सनी लियोनीमाथि आरोप थियो कि उनी पोर्न उद्योगमा आफ्नो इच्छाले गएकी थिइन् । त्यहाँ उनले काम मात्र गरेकी होइनन्, उनी यस क्षेत्रमा छिटै लगानीकर्ता नै बनेकी थिइन् । उनले केही समयपछि नै यस्ता फिल्मको निर्माण र निर्देशन सुरु गरेकी थिइन् ।

४. वन नाइट स्ट्याण्ड

सनी लियोनीले आफ्नो फिल्म वन नाइट स्ट्याण्डको प्रचारको क्रममा एक बयान दिएकी थिइन् त्यसपछि उनी निकै चर्चामा थिइन् । त्यतिबेला सनीले वन नाइट स्ट्याण्ड जो कोहीको आफ्नो रोजाइ हुने बताएकी थिइन् । उनले आफू सिंगर हुँदा आफू पनि वन नाइट स्ट्याण्डमा बसिसकेको बताएकी थिइन् ।

५. विज्ञापनबाट बलात्कार बढ्छन् ?

सनी लियोनीमाथि सीपीआइ नेता अतुल कुमार अनजानले आरोप लगाएका थिए कि सनी लियोनीले कण्डमको विज्ञापन गर्दा देशमा बलात्कारका घटनामा वृद्धि हुन्छ । सनीले खुलेर यो कुराको खण्डन गरेकी थिइन् । सनीले शक्तिमा भएका व्यक्तिले आवश्यकता परेका व्यक्तिहरुलाई सहयोग गर्नुपर्ने बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *