एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

डिसी नेपाल
३१ वैशाख २०७७ २१:१३

काठमाडौं । विश्वव्यापी रुपमामहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामाआफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइलक्लास डेटा प्याक ल्याएको छ ।

बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याकआज (बुधबार, वैशाख ३१) बाट संञ्चालनमा ल्याएको छ । विद्यार्थीले १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याकअन्तर्गतको डेटाभोलुमको समय सिमा ७ दिनको रहनेछ ।

मोबाइलक्लास प्याकअन्तर्गत विद्यार्थीहरुले ४ जिबीअल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याककुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अभ्ययन गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याकलिन सकिन्छ ।

नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याकमार्फत सहयोग गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । अनलाइनसिकाईका लागि विषेश रुपमातयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहक माझ संचाार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । रिचार्जमा १२० प्रतिशतबोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जिबी स्टे होम डेटा प्याक, निःशुल्कब्यालेन्स टा«न्सफर सेवा, सापटी रकमाथप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्कतिर्ने मिल्ने, विश्वका विभिन्न १५ देशको कलशुल्कमा छुट, डिजीटल सेवाहरुमा निःशुल्क पहुँच जस्ता अन्य थुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ । कोरोनाको महामारीमा ग्राहकका लागि एनसेलले ल्याएको सेवा तथा योजनाहरुको थप जानकारी  https://www.ncell.axiata.com/staysafe लिङ्कमा उपलब्ध छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *