सुत्केरी बोकेको एम्बुलेन्स खोलामा गएपछि…
कोहोलपुर । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ ।
एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उनका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment