कृषि बीमा नगरेको भन्दै अर्थमन्त्री आक्रोशित, नयाँ कम्पनी खोल्न चेतावनी

डिसी नेपाल
१ जेठ २०७७ १७:५३

काठमाडौं । बीमा कम्पनीहरुले कृषि, पशुलगायतका लघु बीमा गर्न नमानेको भन्दै अर्थमन्त्री आक्रोशित भएका छन् । बिमा क्षेत्रको नियामक बिमा समितिको ५२ औं वार्षिकउत्सवका अवसरमा भिडियो कन्फेरेन्समार्फत बोल्दै उनले पुराना कम्पनीले काम नगरे नयाँ कम्पनी खोल्ने चेतावनी दिए ।

‘बिमाको पहुच २७ प्रतिशत पुग्यो भन्दै गर्दा लघुबिमाको विस्तारलाई पनि हामीले विश्लेषण गर्नुपर्छ’ अर्थमन्त्री खतिवडाले भने ‘लघुबिमालाई प्राथमिकतामा राखेर पहुँच विस्तार गर्नुहोस्, भएका संस्थाहरुले काम गर्न सक्दैनन् भने नयाँ संस्था बनाएर अघि बढौं लामो समय कुर्न सकिदैन ।’ हाल सरकारको प्राथमिकतामा पशुबिमा, बाली बिमाका साथै साना तथा मझौला उद्योगको बिमा सरकारको प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

बीमा समितिले कम्पनीहरुले कुल बिमा पोलेसेको १० प्रतिशत लघुबिमा जारी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, कम्पनीहरुको तोकेको बिमालेख जारी गरेका छैनन् ।

यसैगरी कृषि बिमाका लागि कम्पनीहरुलाई जिल्ला समेत तोकिएको छ । तर यसमा प्रगति नभएपछि अर्थमन्त्री आक्रोशित देखिएका हुन् ।
मन्त्री खतिवडाले बिमा कम्पनीहरुको दावी भुक्तानी प्रक्रियामा अझै पनि सर्वसाधारणको गुनासो आएको भन्दै बीमा समितिलाई त्यस्तो गुनासो अन्त्य गर्नेगरी काम गर्न निर्देशन समेत दिए ।

उनले बिमा क्षेत्रको नियमनका लागि बिमा प्राधिकरण ऐन छिट्टै पारित हुने समेत बताए । विषयगत, भौगोलिक र संस्थागत रुपमा विविधिकरण गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले पार्ने प्रभाव न्यूनिकरणका लागि नियामक निकायबिच सहकार्य आवश्यक रहेको बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बीमा कम्पनीहरुलाई म्युचुअल फण्ड जारी गर्न पाउने सक्ने व्यवस्था गरिएको भन्दै अब कम्पनीहरुले सेयरमा लगानी गर्ने सिमा बढाउनुपर्ने बताए ।

नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बीमा पोलेसी जारी गर्दा प्रविधिको प्रयोग बढाउन पनि सुझाव दिए ।
समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बिमा क्षेत्रको विकास र विस्तारमा लागिरहेको बताए । उनले बिमाको पहुँच विस्तारसँगै कम्पनीहरुको संस्थागत शुसासन, पारदर्शीता, विमितको हितमा जोड दिइएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *