ब्राउन सुगरसहित तीन युवक पक्राउ

डिसी नेपाल
१९ असार २०८३ २१:३०

वीरगन्ज । वीरगन्जमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ती चोकमा शुक्रबार दिउँसो भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

त्यसक्रममा उक्त मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका-१ छपकैयाका २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुशवाहाको साथमा ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि ती दुवैलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस्तै रजतजयन्ती चोकमै बिहीबार राति प्रहरी चौकी इनर्वाको टोलीले नियमित चेकजाँचका क्रममा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका पर्साको जगरनाथपुर गाउँपालिका-५ चिलझपटीका २२ वर्षीय राजन साहलाई १६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर प्रचलित कानुन बमोजिम कानुनी कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *