दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री कोरोना पोजेटिभ
काठमाडौँ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री समेत रहेकी उनकी पत्नी एजेलिना टोनी कोरोना भाइरस संक्रमित भएका छन् ।
माशर ६० वर्ष नाघिसकेका छन्। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको १३ मे मा कोरोनाभाइरसको परीक्षण गरिएको थियो।
दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् भने ४ जनाको ज्यान गएको छ। बीबीसी
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment