पत्रकारको परिचय–पत्र बोकेर चोरी गर्ने पक्राउ

डिसी नेपाल
७ जेठ २०७७ १९:५७

काठमाडौं । काठमाडौं प्रहरीले पत्रकारको परिचय पत्र बोकेर चोरी गर्दै हिड्ने १ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु, र महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरीटोलीले चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी उपरिक्षक ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालीका १४ सुन्सरी घर भइ हाल धुम्बारही बस्ने वर्ष २१ का हिमाल रसाइली, बटुकी फूलवारी गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं ओमबहाल बस्ने वर्ष २८ अलि आलम मिया रहेका छन्।

चाबहिलको भत्केको पुलबाट पक्राउ परेका उनीहरुले गत चैत्र ३ गते सिनामंगल स्थित होस्टेलबाट विभिन्न समयमा ४ थान ल्यापटप तथा चैत्र २४ गते चावहिल भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट एपल कम्पनीको म्याक बुक प्रो, एपल आइप्याड चोरी गरेका थिए ।
सिसिटिभीको फुटेज अध्ययन गर्दा चोरीमा संलग्न भएको बा २७ प ९४९० नम्बरको एभेन्जर मोटरसाइकल सोकि सोधपुछ गर्दा एपी१ टेलिभिजनको प्रेसकार्ड देखाइ आफुलाई पत्रकार हो भनि बताएको प्रहरीले जनाएको छ ।

प्रहरीले निजको साथबाट एप्पल कम्पनीको ल्यापटप १, एप्पल कम्पनिको आइप्याड २ थान, मोवाईल बिभिन्न ब्राण्डका ६ थान, धारिलो हतियार ३ थान, प्रोजेक्टर २ थान, क्यानाेन कम्पनीकाे क्यामेरा १ थान, बा.२७ प.९४९० नम्बरको एभेन्जर माेटरसाइकल १ थान, AP1 को प्रेस कार्ड बरामद गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.