बाँध भत्किँदा अमेरिकाको मिशिगन राज्यमा विनाशकारी बाढी

डिसी नेपाल
७ जेठ २०७७ २३:४७

मिशिगन । अमेरिकाको मिशिगन राज्यमा दुई ओटा बाँध एकसाथ भत्किएपछि विनाशकारी बाढी आएको छ। दुई दिनदेखि परिरहेका भारी वर्षाको कारण ती बाँध भत्किएको अधिकारीहरुले जानकारी दिएका छन्।

मंगलबार बाँध भत्किएपछि आएको बाढीका कारण उक्त क्षेत्रबाट करिब १० हजार मानिसलाई अन्तै सारिएको छ। यस्तै मौसम विभागले उक्त क्षेत्रमा आपतकाल घोषणा गरेको छ।

अधिकारीहरुले मिडल्याण्ड शहरमा करिब ९ फिट पानी जम्मा भएको हुनसक्ने बताएका छन्। यसैगरी शहरनजिकै भएको रासायनिक कम्पनिले पनि आपतकालको लागि तयारी गरेको बताइएको छ। उक्त बाढीको कारण कोही मानिसको ज्यान नगएको मिशिगन सरकारले बताएको छ।

सरकारी अधिकारीका अनुसार मिशिगन समयअनुसार साँझ ८ बजे पानीको सतह आफ्नो चरम सिमामा रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *