मध्यरातमा पूर्वयुवराज पारस बिरामी, अस्पताल जाँदा बाटोमा गाडी दुर्घटना
काठमाडौं। गएराती पूर्वयुवराज पारस शाह बिरामी भएर अस्पताल जाने क्रममा उनी सवार गाडी दुर्घटना भएको छ । पोखरामा बस्दै आएका पूर्व युवराजलाई छाती दुख्ने समस्या भएपछि गएराती अस्पताल लैजाँदै गर्दा गाडी दुर्घटना भएको हो । पोखराको लेकसाइडबाट अस्पताल जाने क्रममा पूर्वयुवराज चढेको गाडीले बाच्छोलाई ठक्कर दिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा गाडी दुर्घटना भएको थियो । गाडीले ठक्कर दिएपछि बाच्छो घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । शाह चढेको बा १४ च २१३१ नम्बरको गाडी गाडी दुर्घटना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी लाई नियन्त्रणमा राखेको छ ।
गाडीमा पूर्वयुवराज पारस, चालक गुरुङर अर्का एक जना स्वास्थ्यकर्मी थिए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर उनलाई अस्पताल लगेका थिए। अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै फिर्ता पठाइदिएको थियो। पूर्वयुवराज पारस पोखरामा बस्दै आएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment