भारतका प्रधानमन्त्री मोदी कोरोना भन्दा खतरनाक भएको आफ्रिदीको आरोप

डिसी नेपाल
१३ जेठ २०७७ १६:३९
24
Shares

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान तथा दिग्गज खेलाडी शाहिद आफ्रिदीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कोरोना भन्दा पनि खतरनाक भएको बताएका छन । आफ्रिदीले आईतबार एक बयानमा उक्त कुरा बताएका हुन । उनले भने, जबसम्म मोदी सत्तामा हुन्छन्, मलाई लाग्दैन कि भारतले हामीसँग क्रिकेट खेल्नेछ। हामी सबैलाई थाहा छ कि मोदीले के सोच्दछन्। एक जना व्यक्तिको कारण भारत–पाकिस्तान सम्बन्ध बिग्रिएको छ।

शाहिद आफ्रिदीले आइतबार पाकिस्तानका जनसमुदायलाई सम्बोधन गर्दै भने, कोरोना भन्दा ठूलो रोग मोदीको मुटु र दिमागमा छ र त्यो रोग धर्म हो। ऊ त्यस रोगको बारेमा राजनीति गर्दैछ। हाम्रा काश्मिरी भाईबहिनी र एल्डरहरूलाई उनले सताइरहेका छन्। यसको जवाफ दिनुपर्दछ। उनले भने, मोदीले साहसका साथ बोल्ने प्रयास गरे पनि उनी डरपोक छन्।

भारतका बिषयमा विवादास्पद अभिब्यक्ति दिएर शाहिद आफ्रिदी बेला बेलामा चर्चामा आउने गर्छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *