ललितपुरमा कोरोनाका कारण १ जनाको मृत्यु, मृतककाे संख्या ५ पुग्याे

डिसी नेपाल
१४ जेठ २०७७ २१:५९

काठमाडौं । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार किस्ट अस्पतालमा भर्ना भएका उनको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको थियो ।

उनले डिसी नेपालसँग कुरा गर्दै भने, ‘उहाँ पाटन अस्पतालमा उपचारका लागि जानु भएको थियो। कलेजो सम्बन्धी समस्याबाट ग्रसित उहाँलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।’

जुनसुकै विरामीको पनि कोरोना परीक्षण अनिवार्य भएकाले उहाँको परीक्षणमा पनि कोरोनाको लक्षण पोजेटिभ देखिएको उनले बताए । उनले भने, ‘अहिलेअस्पतालमा उपचारका लागि आउने सबैको कोरोना परीक्षण अनिवार्य भएको छ। उहाँ पनि कोरोनाको लागि अस्पताल आउनु भएको हैन्। अन्य समस्या भएर आउनु भएको हो। तर, आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको छ।’

डा. गेलालका अनुसार, अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न बाँकी ।

उनले भने, ‘किस्ट अस्पतालका अन्यको सुरक्षाका लागि आवतजावतमा रोक लगाएका छौं, प्रशासन संग कुरा गरेर सिल गर्ने कि भन्नेबारे छलफल भइरहेको छ। तर, उहाँको उपचारमा संलग्न डाक्टर र अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिइसकेको छु। उहाँहरुको चाडै परीक्षण पनि गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.