ट्रम्पले चीनविरुद्ध अभूतपूर्व कारवाहीको घोषणा गरे
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बेइजिङविरुद्ध भयानक आक्रमण गरेका छन् जसमा जासुसीदेखि हङकङको स्वतन्त्रतामाथि हस्तक्षेपसम्म उल्लेख गरिएको छ । उनले चीनविरुद्ध कैयौं जवाफी कारवाहीको पनि घोषणा गरिएका छ जसले दुई देशबीचको सम्बन्ध अझै संकटमा पार्नेछ ।
‘उनीहरुले अमेरिकालाई पूरै चिरिदिएका छन्, यस्तो यसअघि कसैले गरेको थिएन’ ट्रम्पले भने । उनले आफ्नो आगामी चुनावी अभियानमा बेइजिङलाई केन्द्रीय विरोधीको रुपमा राखेर अघि बढ्ने घोषणा गरे । सीएनएनका अनुसार ट्रम्पले चीनमाथि अमेरिकी औद्योगिक रहस्यको चोरी गर्नका लागि जासुसी गरेको आरोप लगाए । साथमा उनले चीनले प्रशान्त महासागरमा गैरकानुनी रुपमा कब्जा जमाएको र आवतजावतमा धम्की दिएको समेत आरोप लगाए ।
राष्ट्रपति ट्रम्पले चीनले राष्ट्रिय सुरक्षा कानुन पारित गरेर हङकङको स्वतन्त्रतामाथि हस्तषेप गरेको आरोप लगाउँदै अब अमेरिकाले हङकङलाई विशेष हैसियत नदिने समेत बताए । ट्रम्पले अब हङकङको हैसियत पनि चीनको सरह मानिने बताए । उनले हङकङलाई यसअघि अमेरिकाले व्यापार, पर्यटन, यात्रा लगायतका क्षेत्रमा दिँदै आएको विशेष सुविधा अब हटाइने बताए । ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठनबाट पनि बाहिरिने घोषणा गरे ।







डिसी नेपाल








Facebook Comment