पत्रकार चौधरीमाथि भएको साङ्घातिक आक्रमणको भत्र्सना

डिसी नेपाल
१७ जेठ २०७७ २०:११

काठमाडौँ । टीकापुरको रेडियो नमस्ते एफएम ९६.५ मेगाहर्जमा कार्यरत पत्रकार बिफा चौधरीमाथि शुक्रबार राति साङ्घातिक आक्रमण भएको घटनाप्रति नेपाल थारु पत्रकार सङ्घले भत्र्सना गरेको छ ।

सङ्घले आज प्रेस विज्ञप्ति जारी गरी तीन जनाको अज्ञात समूहले शुक्रबार राति ९ः०० बजे पत्रकार चौधरीको कोठामा प्रवेश गरी घाइते बनाएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “उनलाई सलले घाँटी थिचेर मार्ने प्रयास गरेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादति हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो ।”

घटनाप्रति सङ्घले घोरभत्र्सना गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना गर्दै सुरक्षा व्यवस्था मिलाउनसमेत स्थानीय प्रशासनसँग माग गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *