क्वारेन्टिनमा बसेका एक व्यक्तिले गरे आत्महत्या

डिसी नेपाल
१८ जेठ २०७७ ८:००

गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको वडा नम्बर ४ का वडाअध्यक्ष डिल्लीराम न्यौपानेले बताएका छन् ।

वडा अध्यक्ष न्यौपानेका अनुसार, साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा गम्छाको पासो लगाएर आत्माहत्या गरेको अवस्थामा फेला परको थिए ।

भारतबाट आएका परियारलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *