थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
१९ जेठ २०७७ ७:०९

काठमाडौँ । नेपालमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ ।

प्रतिष्ठानका अनुसार ४३ जना नयाँ बिरामी थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९४ पुगेको जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ ।

यसअघि आइतबार दिउँसोसम्म देशभर १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित मध्ये २२० जना बिरामी निको भएर घर फर्किसकेका छन् भने अन्यको अवस्था सुधारोन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *