राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संसद सचिवालयमा गई संविधान संशोधन विधेयक दर्ता गरेको छ । सोमबार राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीबाट राजेन्द्र प्रसाद श्रेष्ठले संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन् ।
उनीहरुले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संविधानको धारा र प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९९ बमोजिम संघीय संसदको वैठकमा प्रस्तुत गर्न व्यवस्था मिलाईदिन भनि सूचना समेत गरेका छन्।
यसअघि गत शुक्रबार संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए ।
सरकारले ल्याएको नक्सा सम्बन्धी संविधान संशोधन विधेयको पक्षमा आफुहरुलाई लिन आज दर्ता भएको संविधान संशोधन विधेयको समर्थन गर्नु पर्ने नेताहरुले बताएका छन् । समाचार स्रोतका अनुसार सरकारले उनीहरुको विधेयकमा समर्थन नगरे उनीहरुले पनि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई असमर्थ गर्नेछन्।


No ads found for this position

डिसी नेपाल
Facebook Comment