भ्यादिमिर पुटिन सन् २०३६ सम्म रुसका राष्ट्रपति पदमा कायमै रहने

डिसी नेपाल
२० जेठ २०७७ ८:४३

काठमाडौं। रुसका राष्ट्रपति भ्यादिमिर पुटिन अझै १६ वर्षसम्म अर्थात सन् २०३६ सम्म राष्ट्रपति पदमा कायमै रहन सक्नेछन् । उनलाई अझै एक कार्यकाल राष्ट्रपति पदमा कायमै रहन सक्ने गरी संविधान संशोधनको तयारी गरिएको छ । पुटिनले संविधान संशोधनको लागि १ जलाइमा राष्ट्रव्यापी मतदानको घोषणा गरेका छन् ।

सोमबार अधिकारीहरुसँगको एक बैठकमा पुटिनले देशमा कोरोनाभाइरसको रफ्तार कम भएकोले राष्ट्रव्यापी मतदान गर्न सकिने बताएका थिए । यदि यो मतदान पुटिनको पक्षमा गएमा उनी सन् २०३६ सम्म राष्ट्रपति पदमा कायमै रहन सक्नेछन् । संविधान संशोधनले पुटिनलाई अर्को कार्यकाल पनि राष्ट्रपति पदमा कायमै रहन बाटो खोल्नेछ । यो संविधान संशोधनको लागि मतदान अप्रिलमै हुनुपर्ने थियो । तर, कोरोनाभाइरस महामारीका कारण यसलाई स्थगित गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *