कर तिर्ने समय असार ७ गतेसम्मका लागि थप

डिसी नेपाल
२१ जेठ २०७७ १७:२५

काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण र कर दाखिला गर्ने समय असार ७ गतेसम्म थप गरेको छ ।

जेठ २५ भित्र कर बुझाउन सूचना जारी गरेको विभागले व्यापक आलोचना भएपछि समय थप गरेको हो ।

लकडाउन जारी रहेकै अवधिमा सरकारले कर बुझाउन सूचना जारी गरेपछि नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)ले अर्थ सचिवलाई पत्र पठाएर समय थप गर्न अनुरोध पनि गरेको थियो ।

महासंघका प्रतिनिधिसँग छलफलमा अर्थसचिव शिशिर ढुंगानाले कर तिर्ने समय पर सार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि सरकारले कोरोना प्रभावका कारण २०७७ फागुन, चैत र बैशाख महिनाको कर विववरण र विवरण अनुसारको कर भुक्तानी गर्ने समयसिमा जेठ २५ गतेसम्म तोकेको थियो ।

सरकारले जेठ २० गतेबाट लकडाउनको अवधि जेठ मसान्तसम्म पुर्‍याए पनि कर भुक्तानी गर्ने समयसीमा भने थप गरेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *