बिहानै ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा आज आइतबार बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशका स्याङ्जा, वागलुङ, गोरखा, नवलपरासीका थप ३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
पेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा, स्याङ्जाको वालिङ नगरपालिकामा २९, ४९, ३४, ५२, ३८, ३१, २४, २७, ४६, ३७, २१, १८, ३२ वर्षीय पुरुष रहेका छन् । त्यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका ४५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै बागलुङको बडिगाड गाउँपालिका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, २६ र उमेर नखुलेका १ जना पुरुष रहेका छन् । ढोरपाटन नगरपालिका २६ वर्षीय पुरुष कोरोना पोजेटिभ भएका छन् ।
गोरखाको पालुङ्टार नगरपालिकामा १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकामा २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै पूवी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिकामा ४ जना थपिएका छन् । हुप्सेमा २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार अहिले कोरोना पोजेटिभ देखिएका सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment