भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना

डिसी नेपाल
२७ जेठ २०७७ ८:३३

लुम्बिनी । भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ। प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कटग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा सूक्ष्म मूल्याङ्कन गर्न आवश्यक भएको बताए।

सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कार्यालयले सङ्घ र प्रदेशसँग समन्वय गरी मर्कामा परेका व्यवसायीलाई प्याकेजमा सहयोग दिने कार्यमा भूमिका खेल्ने बताए।

डिभिजन प्रमुख मुक्तिप्रसाद पाण्डेले पर्यटनसम्बन्धी होटल र ट्राभल एजेन्सी दर्ता एवं नवीकरण, पूर्वाधार निर्माणका कामलगायत उक्त डिभिजनमार्फत हुने जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *