‘हायर मी’ नेपालले रोजगारी सिर्जनामा सरकारलाई सघाउने, एक वर्षमा पचास हजार रोजगारी सिर्जना गर्दै
काठमाडौं। हायर मी नेपालले पचास हजार मानिसलाई रोजगारी दिने गरी योजना संचालन गर्न लागेको छ। सो योजना साउनको पहिलो साताबाट संचालन गरिने नेशनल एकेडमी फर फाइनान्सीयल सर्भिसेस प्रालिले जनाएको छ। सो कम्पनीले नै हायर मि नेपाल परियोजना संचालनमा ल्याएको हो।
परियोजनाका अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखी पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको छ।
कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मंदीबाट करोडौं मानिस बेरोजगार हुने देखिएको सन्दर्भमा संक्रमणको कारण बिदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पच्चीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेकोले आफ्नो परियोजना मार्फत सरकारलाई सघाउन चाहेको पनि अध्यक्ष भट्टराईले जानकारी दिए।
एकातिर रोजगारदातालाई चाहिएको जनशक्ती पाउन कठिन छ भने अर्कोतर्फ सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउ पहिचान गर्न कठिन छ,समयमा चाहेको रोजगारी नपाउँदा विदेश पलायन हुनु पर्ने बाध्यता छ। यही समस्या समाधान र सरकारको श्रम सूचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको उनले बताए।
देश र विदेशमा रहेको श्रमिक कामदारलेवेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पूर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ।
परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरीनेछ।
रोजगारदाता र रोजगारी चाहनेबीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको जानकारी भट्टराईले दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment