जनता समाजवादीले संविधान संशोधनको पक्षमा मतदान गर्ने
काठमाडौं । नवगठिन जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिएको जनता समाजवादी पार्टीका नेता केशव झाले जानकारी दिए।
शनिबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment