नेकपाका कार्यकर्ताद्धारा छायाँनाथ रारा नगरपालिका तोडफोड, अधिकृतमाथि हातपात

डिसी नेपाल
३१ जेठ २०७७ ७:२०

मुगु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले छायाँनाथ रारा नगरपालिकामा तोडफोड गरेका छन् । कार्यलयमा कामकाज भईरहेका बेला एक दर्जन भन्दाबढि कार्यकर्ता कार्यलयमा आई कार्यलय तोडफोड गरेका हुन ।

शुक्रबार दिउँसो नेकपा नगरकमिटी अध्यक्ष केबल बहादुर मल्लको नेतृत्वमा आएका नेता तथा कार्यकर्ताहरुले आफुमाथि एक्कासी आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयले बताए ।

आक्रमणबाट ल्यापटप, मोवाईल लगाएत टेवुल, दराज काम नलाग्ने गरी पुगेको छ भने कार्यालयको अगाडीको बारदलीमा पनी तोडफोड भएको छ ।

नगरपालिकाले गरेका निर्णयहरु, र आधारभुत स्वास्थ्य केन्द्रको र वडा कार्यलयहरुको ठेक्काको सुचना, माग्न खोज्दा नगरपालिकामा निवेदन दिनुहोस र निवेदनका साथ लाग्ने राजश्व तिरेर मात्र नगरपालिकाले सुचना उपलव्ध गराउनेछ भनेपछि नेकपाका युवाहरु एक्कासी आक्रोसमाआई कार्यलय तोडफोड गरेका र प्रमुख प्रशासकीय अधिकृतमाथि सुनियोजित तरिकाले कुटपिट गरेका छायँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले बताए ।

उनले भने, यसअघि पनि विभिन्न बहानामा नेकपाका कार्यकताले नगरपालिकामा पटक–पटक तोडफोड गर्ने ढुङ्गामुढा गर्ने गरेका छन् । यो पटक पनि उनीहरुले कार्यलयमा ताडफोड गरे । यसमा जिल्ला स्तरका नेता र सांसद् पनि संलग्न छन् । अहिले राष्ट्र सेवक कर्मचारीमाथि पनि आक्रमण भएको छ ।

कार्यलय समयमा काम गरी रहेको बेला छापामार शैलीमा कर्मचारीको मनोबल घटाउने तरिकाले कर्मचारीमाथी हातपात गर्नु भनेको अमानविय र उदण्ड शैली भएको र सुनियोजित तरिकाले आफुमाथि कुटपिट भएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *