संविधान संशोधको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

डिसी नेपाल
३१ जेठ २०७७ १३:४४

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

शनिबार बसेको कांग्रेस पार्टीको संसदीय दलको बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो।

‘नेपालको संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची–३ मा रहेको नेपालको निशान छाप परिवर्तनका लागि नेपाल सरकारले प्रस्तुत गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि २०७७ जेठ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा मतदान हुने हुँदा उक्त बैठकमा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित भई उक्त विधेयकको पक्षमा अनिवार्य मतदान गर्नका लागि संसदीय दलको बैठकले निर्देशन गरेको छ,’ वैठक पछि जारी विज्ञप्तिमा भनिएको छ।

संविधान संशोधन विधेयकमाथि आजै संसदमा मतदान हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *