सुनको मूल्य तोलामा दुई सय घट्यो, चाँदी भने ३० रुपैयाँले बढ्यो
काठमाडौं। हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घट्दा चाँदीको भाउ भने उकालो लागेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि गएको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली सुन बजारको इतिहासकै हालसम्मकै उच्च मूल्य हो। सोही दिन चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दु प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
त्यसैगरी गएको माघ १८ गते भने चाँदीको मूल्यमा उच्च गिरावट आएको थियो। सो दिन एकै दिन तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको चाँदीको मूल्य वृद्धि र गिरावटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment