आजबाट आशिंक रुपमा खुल्यो लकडाउन, सञ्चालन गर्न पाइँदैन यी सेवा
काठमाडौँ । गत चैत्र ११ गतेदेखि बन्द भएको लकडाउन आजदेखि आंशिक रुपमा खुलेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन र नागरिकको जीवनयापन सहज गराउन भन्दै आजदेखि लकडाउन आंशिक रुपमा खोल्ने निर्णय गरेको थियो ।
काठमाडौँमा सरकारले गत शुक्रबार देखि नै जोर बिजोर प्रणालीमा सवारी चलाउन दिइसकेकाे छ । आजदेखि विभिन्न कार्यालयहरु पनि खुल्दै छन् । आजदेखि खुल्ने कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुँदैछन् । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट खुल्दैछन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि निरन्तर देशव्यापी लकडाउन गर्दै आइरहेको थियो। आजदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्टमा गरी दुई सिफ्टमा खुल्दै छन् ।
सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत आजबाट मात्रै सञ्चालन हुने भएका छन् ।
उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ। यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ। उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ।
सञ्चालन गर्न पाइदैन यी सेवा
सरकारले मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने क्षेत्रमा भने लकडाउन यथावत छ । त्यस्तो सेवा सञ्चालन गर्न पाइने छैन। जसअनुसार शैक्षिक संस्था, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला पनि सञ्चालन गर्न पाइने छैन।
यस्तै, सञ्चालन नहुनेमा सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा व्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारी साधान छन्।
जोरविजोर प्रणालीअन्तरगत उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी बाहिर जान नपाउने तथा बाहिरका नीजि सवारी उपत्यका भित्रिन नपाउने व्यवस्था छ।







डिसी नेपाल








Facebook Comment