चट्याङ लागेर बालिकाको मृत्यु

डिसी नेपाल
१ असार २०७७ ८:४१

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ। मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *