नगरपालिका अध्यक्षको निधनमा सेवा बन्द

डिसी नेपाल
१ असार २०७७ ११:५८

नवलपरासी । नवलपरासी (सुस्ता पश्चिम) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ।

प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।

जिल्लाको परासीमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आइतबार परासीतर्फ जाँदै गर्नुभएका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *