लकडाउनका कारण लगानी नहुँदा बैंकमा पैसा थुप्रियो
काठमाडौं। लकडाउनका कारण आर्थिक क्रियाकलाप नहुँदा बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएको छ। बैंकहरुमा निक्षेप बृद्धि भएपनि थप कर्जा लगानी हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनायता मात्र बैंक तथा वित्तीय संस्थामा ८७ अर्व रुपैयाँ निक्षेप बृद्धि भएको छ। तर कर्जा लगानी भने २९ अर्वले घटेको छ। यस अवधिमा घर, गाडी कर्जा उपभोग गरेका ग्राहकको ऋण चुक्ता हुँदा लगानी घटेको हो।
निक्षेपको तुलना लगानी घटेपछि बैंकहरुको कर्जा तथा निक्षेपको अनुपात (सिसिडी) अनुपात ७३ प्रतिशतमा झरेको थियो। लकडाउनअघि सिसिडी अनुपात ७९ प्रतिशतसम्म पुगेको थियो।
अधिकांश श्रमिक तथा कर्मचारीहरुको मासिक तलव आइरहेका र र रेमिट्यान्स पनि आइरहेकाले बैंकमा निक्षेप बढिरहेको छ। तर आर्थिक गतिविधि बन्द भएकाले नयाँ ऋणको माग छैन। ग्राहकहरुले ऋण चुक्ता गर्दा लगानी घटेको छ। सरकारले शुक्रबारबाट लकडाउन खुकुलो बनाएकाले अब विस्तारै लगानी बढ्ने बैकरहरुले अपेक्षा गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment