थप ३ सय ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
काठमाडौं । कोरोना संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार झापाका १ जना, पाँचथरका १ जना, सुनसरीका २ जना, सिराहाका २ जना, रौतहटका ५२ जना संक्रमित भेटिएका छन्। यस्तै, मोहत्तरी ८९, पर्सा २, गोर्खा १०, नवलपरासी ३, बाग्लुङ १, तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १ जना संक्रमित भएका छन्।
यस्तै बैतडी २१, डोटी २० जना, कञ्चनपुर ११ जना, केलाली २३ जना, बाँके १ जना, बर्दिया ९ जना, सप्तरी ३ जना, अर्घाखाँची ९ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही ४, दैलेख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६ जना, काठमाडौंमा १ जना, मोरङ १ जना, रोल्पामा १ जना, सर्लाही १६ जना कोरोना संक्रमित भएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment