लाप्राकमा विद्युतीकरण गर्न माग

डिसी नेपाल
२ असार २०७७ १७:५५

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले गोरखाको लाप्राक, गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङसँग आज भेटी लाप्राकमा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट द्रुत गतिमा विद्युतीकरण गरिदिनाका साथै ५७३ घरकै लागि निःशुल्क मिटर जडान गरी बस्तीभित्र भूमिगत रुपमा विद्युत् वितरण गरिदिन अनुरोध ग¥यो ।

सोका लागि लाभग्राही आवश्यक जनश्रमदान गर्न तयार रहेको उनले अवगत गराए। एकै प्रकारका एकै क्षेत्रफल ओगटेका ५७३ घर भएको विश्वकै एक मात्र एकीकृत नमूना बस्ती निर्माण गोरखा जिल्लाको दुई हजार ७५० मिटर उचाइमा रहेको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा अन्तिम चरणमा पुगेको एनआरएनले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *