नारायणीको बीच भागमा अड्किएको अवस्थामा युवकको शव फेला
नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ।
नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए।
उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ। शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिए । रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment