‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ लाभान्वित

डिसी नेपाल
४ असार २०७७ १२:४७

प्युठान । सरुमारानी गाउँपालिका प्युठानले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन्।

गत आव ०७५/०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा बचत कार्यक्रम शुरु गरिएको स्थानीय पालिकाले जनाएको छ। पालिकाका ६ वडामा जन्मने छोरी सो कार्यक्रमबाट लाभान्वित भएका छन्।

अघिल्लो आवमा जन्मने छोरीलाई मासिक रु एक सय पालिकामा रहेका दुई सहकारीमार्फत जम्मा गरिएको छ । चालु आवमा मासिक रु २ सय जम्मा गर्ने तयारी भइरहेको छ। सो कार्यक्रमका लागि गत वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको शीर्षकमा रु दुई लाख ५० हजार विनियोजन भएको थियो।

उक्त विनियोजित रकममार्फत पालिकाभित्रका ७८ छोरीले रु ६० हजार ६ सय बराबरको रकम प्राप्त गरेका छन्।

चालु आवमा कार्यक्रमका लागि पालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ। सोहीअनुसार एक छोरीलाई रु दुई सयका दरले सहकारीमा केही दिनमै रकम जम्मा गरिदिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताए ।

सिर्जनशील सोचका साथ जिल्लामै नमूना कार्यक्रम गाउँपालिकाले ल्याएको अध्यक्ष झगबहादुर विश्वकर्माले बताए।

गाउँमा छोरी भएका कारण हुने भु्रणहत्या, बालविवाह तथा आर्थिक समस्याका कारण बीचमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *