नेपालीको रोग प्रतिरोधी क्षमताका कारण कोरोनाबाट क्षति कम : प्रधानमन्त्री ओली

डिसी नेपाल
४ असार २०७७ १४:२१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधी क्षमताका कारण कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा कम रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको तथ्यांक नै प्रस्तुत गरेका थिए। उनले सात हजार संक्रमित हुँदा अहिलेसम्म २० जनाको मात्रै निधन भएको उल्लेख गर्दै मृत्यु भएका पनि कोरोनाकै कारणले मात्रै मृत्यु नभएको जिकिर गरे।

‘सत्य कुरा गर्दा कतिपयलाई मन नपरेको जस्तो पनि देखियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्म सात हजार भन्दा बढी संक्रमित भएका छन्। यो हिजोको (बुधबार) को तथ्यांक हो। निधन हुनेको संख्या २० छ। यो अन्य मुलुकको तुलनामा कम हो। मृत्यु भएका सबै कोरोनाकै कारणले मृत्यु भएको होइन। अन्य रोगका कारणले मृत्यु भएपनि उनीहरुमा कोरोना देखिए कोरोनाका कारण मृत्यु भएको मान्नु पर्ने विश्व स्वास्थ्य संगठनले निर्देश गरेको छ।’

उनले नेपालीको रोगप्रतिरोधी क्षमताका कारण नेपालमा ठूलो क्षति नपुगेको दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *