लकडाउन पछि पुनः लयमा फर्किन संघर्ष गर्दै रोनाल्डो
काठमाडौं । लकडाउनका कारण तीन महिनाको ब्रेक पछि पुनः खेलमा फर्किएका ३५ बर्षीय स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो चिरपरिचित लयमा फर्किन सकिरहेका छैनन । जुवेन्टसका यी स्टार खेलाडीले अघिल्ला दुई खेलमा सम्झन लायकका प्रर्दशन गर्न सकेका छैनन । लकडाउनको ब्रेक भन्दा अगाडी उनले लगातार १४ खेलमा कुल १९ गोल गरेका थिए ।
जुवेन्टसका कोच मौरिजियो सारीले भने, उनी पूर्णरूपमा फिट छन र यो पनि प्रमाणित छ कि उनले लकडाउनमा कडा परिश्रम गरेका छन ।” इटालियन कोपा फाइनलमा जुवेन्टसले नपोलि संग गोलरहित बराबरी खेलेपनी पेनाल्टी शुटआउटमा २–४ ले पराजित भयो ।
कोचले भने, अहिले उनी त्यो लयमा देखीएका छैनन जसका लागि उनी चिनिन्छन, यसको कारण लामो समय सम्म खेल नखेल्दा हो।
गत हप्ता एसी मिलानको बिरूद्ध सेमीफाइनलको पहिलो हाफमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्न असफल भएका थिए। पाँच पटक फिफा सर्वश्रेष्ठ फुटबल खेलाडी बनेका रोनाल्डो, नपोली बिरूद्धको खेलमा पाँच मिनेटको लागि मात्र चम्किएका थिए ।







डिसी नेपाल








Facebook Comment