लाइपजीगका स्ट्राइकर वर्नर चेल्सीमा अनुबन्धित

डिसी नेपाल
४ असार २०७७ २२:४२

काठमाडौं । चेल्सीले आरबी लाइपजिगका स्ट्राइकर टिमो वर्नरसँग सम्झौताको घोषणा गरेको छ। २४ बर्षीय वर्नरले फिटनेस पास गरेपछि जुलाईमा चेल्सीमा सम्मिलित हुनेछन। उनी बुन्डेशलिगाको यो सिजन सम्म लाइपजिगसँगै रहनेछन्।

ट्विटरमा जारी गरिएको चेल्सीको बयान अनुसार, वर्नरले भने, “म चेल्सीसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छु। मेरो लागि यो अत्यन्तै गर्वको क्षण हो कि म एक उत्कृष्ट क्लबसँग सम्बद्ध हुन लागेको छु। म लिपजीगलाई धन्यवाद दिन्छु। लिपजीग सँधै मेरो मुटुमा रहनेछ ।”

खबर अनुसार चेल्सीले वर्नरलाई ५३ मिलियन पाउन्ड भुक्तानी गर्न सहमत भएको छ। उनले खेलेका प्रतियोगिताहरुमा अहिलेसम्म कुल ४३ खेलमा ३२ गोल गर्न सफल भएका छन साथै उनले १३ गोलका लागी असिस्ट पनि गरेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *