इङल्यान्डका पूर्व कप्तान क्रिकेट अष्ट्रेलियाका सीईओ पदको दौडमा

डिसी नेपाल
४ असार २०७७ २३:३२

काठमाडौं । इङल्यान्डका पूर्व कप्तान एन्ड्र्यू स्ट्रॉस आर्थिक अभावको सामना गरिरहेको क्रिकेट अस्ट्रेलिया (सीए) को मुख्य कार्यकारी अधिकारी (सीईओ) को पदको दौडमा रहेका छन। भर्खरै केविन रोबर्ट्सको राजीनामा पछि अहिले यो पद खाली रहेको छ। क्रिकेट अष्ट्रेलिया कोरोना भाइरस महामारी फैलिएदेखि नै वित्तीय संकटसँग संघर्षरत छ ।

यसको सामना गर्न रोबर्ट्सले अप्रिलमा स्टाफहरु ८० प्रतिशतले घटाएका थिए। साथै उनले पनि प्रान्तहरूको अनुदान राशि घटाएका थिए र खेलाडीहरूसँग नयाँ भुक्तानी सम्झौतामा काम गरिरहेका थिए।

रोबर्टसका केही निर्णयहरूको कडा आलोचना पनि गरियो। अष्ट्रेलियाली रिपोर्ट अनुसार क्रिकेट अष्ट्रेलियाका एक प्रभावशाली व्यक्तिले स्ट्रॉसलाई यस पदको लागि आवेदन दिन आग्रह गरेका छन्।

स्ट्रॉस यस अघि २०१५ देखि २०१८ सम्म इङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसीबी) का निर्देशक थिए। रोबर्ट्सले राजीनामा गरेपछि इङल्यान्डका जन्मेका निक होलीलाई अन्तरिम सीईओ नियुक्त गरिएको थियो तर परिचालक निकाय पूर्ण समय सीईओको खोजीमा रहेको छ।

स्ट्रॉसले १०० टेस्टमा ७ हजार ३७ रन बनाएका छन भने १२७ एकदिवसीयमा मा ४ हजार २ सय ५ रन बनाएका छन। उनलाई इङल्यान्ड क्रिकेटमा योगदान दिए वापत नाइटको उपाधि पनि प्रदान गरिएको छ। स्ट्रॉसले इङल्यान्डका लागि खेल्नु अघि १९९८–९९ मा सिड्नी विश्वविद्यालयको लागि खेलेका थिए ।

सन २००५, २००९ र २०१०–११ मा एशेस अभियानहरुमा इङल्यान्डका लागि महत्वपूर्ण भूमिका खेलेका स्ट्रॉसको उम्मेद्वारको मिश्रित प्रतिक्रिया हुन सक्छ।

पूर्व दक्षिण अफ्रिकामा जन्मिएका यी खेलाडीले ईसीबी निर्देशकको रूपमा पनी इङल्यान्ड क्रिकेटको संस्कृति परिवर्तन गर्न प्रमुख भूमिका खेलेका थियो। उनले आफ्नो क्यान्सर ग्रस्त पत्नी रुथ म्याकडोनाल्डसँग समय बिताउन २०१८ मा आफ्नो पद त्याग गरेका थिए। उनकी पत्नीको पनि त्यही वर्ष मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *