डिल्लीबजारस्थित कारागारको पुरानो भवन भत्कियो
काठमाडौं । काठमाडौँको डिल्लीबजारस्थित कारागार भवन भत्किएको छ । भवनमाथि ट्रान्समिटर ढलेपछि ठुलो विष्फोट भएको जनाइएको छ ।
कमलपोखरीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । पूरानो भवन भत्किएको प्रहरीले जनाएको छ । भवन भत्केपछि के कति क्षति भएको भन्ने विवरण भने आउन बाँकी रहेको छ ।
पुरानो भइसकेको भवन वर्षाका कारण भत्किएको हो। बाहिरी भवन भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन तर कारागारभित्रको बिजुली भने अवरूद्ध भएको छ।
प्रतिक्रिया
Facebook Comment