रामपुरमा दुई झोलुङ्गे पुल बन्ने
पाल्पा । रामपुर नगरपालिकामा दुई झोलुङ्गे पुलको एकैसाथ निर्माण शुरु भएको छ।
रामपुर– ६ प्याक्लुक र ८ सेरा जोड्ने तुरुन्दीखोलामा तथा रामपुर– ४ खोप्टार र काँसजरी जोड्ने अँधेरी खोलामा झोलुङ्गे पुल निर्माणको काम शुक्रबारदेखि शुरु भएको हो।
नगर प्रमुख रमणबहादुर थापाले नगरका दुई स्थानको सम्बन्धलाई कायम राख्दै कृषि र पर्यटनको विकासमा झोलुङ्गे पुल महत्वपूर्ण हुने बताए ।
तुरुन्दी खोलामा निर्माण हुने पुलको लम्बाइ ९८ मिटर रहने छ। सो पुल रु ४६ लाख ३३ हजार लागतमा आगामी माघ १७ सम्म सम्पन्न गरिने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।
वडा नम्बर ४ खोप्टार र काँसजरी जोड्ने ६२ मिटर लामो पुल रु ३२ लाख २५ हजारको लागतमा सम्पन्न गरिने समितिका अध्यक्ष पूर्णबहादुर थापाले जानकारी दिए । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment