दक्षिण कोरियाबाट काठमाडौँ आइपुगे २२८ नेपाली, आजै युएइबाट १६८ जना आउँदै

डिसी नेपाल
६ असार २०७७ १३:४२

काठमाडैँ । शनिबार दक्षिण कोरियामा विभिन्न कारणले अलपत्र परेका २२८ जना नेपालाीहरु काठमाडौँ आइपुगेका छन् । उक्त चार्टर उडानमा आउन टिकट काटेका १५ जना नेपाली भने उतै रोकिएका छन् । विभिन्न कारणले दक्षिण कोरियाको जेलमा परेर छुटेका उनीहरु लकडाउनसँगै अन्तराष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका थिए ।

नेपाल फर्किनका लागि २३६ जनाले टिकट काटेपनि २२८ जना मात्रै नेपाल फर्किएका छन् । टिकट काटेपनि कोरोना चेक गरेको प्रमाणपत्र नभएका, कसैको कोरोना रिर्पोट म्याद नाघेका र केहीका अन्य कागजात नपुगेका कारण १५ जना भने कोरियामै रोकिएको एनआरएनए राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका महासचिव विमल सुवेदीले बताए ।

उनका अनुसार दक्षिण कोरियाबाट कोरियन एयरको विमान स्थानीय समयअनुसार बिहान ५ बजे हिँडेको थियो । कोरियाबाट नेपालीहरुले ६८० अमेरिकी डलरको टिकट काटेर स्वदेश आएका हुन् ।

१६८ नेपाली बोकेर युएईबाट काठमाडौँका लागि उड्यो एयर अरेबिया

नेपाल सरकारले तोकेको पहिलो प्राथमिकतामा परेका १६८ जना नेपाली लिएर एयर अरेबिया काठमाडौँका लागि उडेको छ । उडान नम्बर जी९ १७१ मार्फत यूएइको शारजाह एयरर्पोटबाट १६८ जना नेपाली बोकेर काठमाडौँका लागि बिहान ११ः ५ बजे (स्थानीय समय) उडेको हो।

युएइबाट नेपालीहरुलाई बिदाई गर्न नेपाली दूतावसबाट नियोग उपप्रमूख तथा प्रवक्ता रिता धिताल, श्रम सहचारी मोतिराम भुषाल, एनआरएनएका उपाध्यक्ष तथा क्युआरएफ, टिम नेपालका संयोजक पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही, सारजहा अन्तराष्ट्रिय विमानस्थालमा पुगेका थिए।

ढाकाबाट आज पनि फर्किए १५५ नेपाली

बंगलादेशको ढाकाबाट १५५ नेपाली आज पनि स्वदेश आइपुगेका छन् । हिमालय एअरको चार्टर्ड उडानमार्फत उनीहरु केहीबेरअघि काठमाडौँ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्यहाँ समस्यामा परेका नेपाली लिन आज बिहान हिमालय एअरलाइन्स ६ जना यात्रु लिएर ढाका गएको थियो ।

कुवेतबाट स्वदेश फर्किए १५० नेपाली

आज पनि कुवेतबाट १५० जना महिला स्वदेश फर्किएका छन्। कुवेतमा आममाफीमा सहभागी महिला कुवेतबाट जजिरा एअरमार्फत केहीबेरअघि काठमाडौँमा अवतरण गरेका हुन्। कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपाल पठाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *