‘चीनसँग युद्धको लागि गोर्खा रेजिमेन्टको प्रयोग नगर्नू’

डिसी नेपाल
६ असार २०७७ १४:२३
24
Shares

काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतलाई नेपाली युवाहरुको गोर्खा रेजिमेन्टलाई चीनविरुद्ध युद्धमा प्रयोग नगर्न आग्रह गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ ।’

अहिले गलवान उपत्यकामा भारत र चीनबीच तनाव बढेका बेला भारतले गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली युवालाई विदा कटाएर बोलउनुले भारतले उनीहरुलाई सीमामा खटाउन लागेको बुझिएको भन्दै नेकपाले भनेको छ ‘दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाको पक्षमा र अर्कोका विरुद्धमा युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तको बिरुद्ध पनि छ। दुई समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।’ नेकपाले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न एवम् देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई सधैका लागि खारेज गर्न समेत माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *